जीतपुरसिमरा उपमहानगर : माओवादी केन्द्रद्धारा दुई वडाको नाम सिफारिस

ए वान डेस्क
३ बैशाख २०७९, शनिबार ०६:२९

ए वान डेस्क /

नेकपा माओवादी केन्द्रको दुई वटा वडा कमिटीले उम्मेदवारको नामावली नगरमा सिफारिस गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ र १६ को वडा कमिटीले अध्यक्षसहितको नामावली सिफारिस गरेका हुन् ।

वडामा सहमती जुट्न नसकेपछि दुवै वडा कमिटीले वडाध्यक्षमा दुई/दुई जनाको नाम सिफारिस गरेको छ । वडा नं. ११ मा विन्दालाल साह र धर्मेन्द्र चौधरीको नाम वडाध्यक्षको लागि सिफारिस भएको छ ।

यसैगरी वडा नं. १६ मा केदार बजगाई र सुन्दर सुनारको नाम सिफारिस गरेको छ । बजगाई स्थानिय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष हुन् भने सुनार कार्यपालिका सदस्य हुन् । माओवादी केन्द्रको नगर कमिटीका अध्यक्ष प्रेम बरालले हालसम्म दुई वडाबाट उम्मेदवारको लागि नामावली सिफारिस भएको जानकारी दिए ।

बैशाख ६ गतेसम्म प्राप्त नामावलीलाई नगर कमिटीले अन्तिम निर्णय गर्ने बरालले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*