जीतपुरसिमरा : दोस्रो दिन अहिलेसम्म १२ जनाले गरे उम्मेद्धवारी दर्ता

ए वान डेस्क /
मनोनयन दर्ताको दोस्रो दिन जीतपुरसिमरा उपमहानगरपालिकामा अहिलेसम्म १२ ले उम्मेद्धवारी दर्ता गराएका छन् । उपमहानगरपालिकाको निर्वाचन कार्यालयमा पुगेर बिभिन्न पदका लागी १२ जनाले उम्मेद्धवारी दर्ता गराएका हुन् ।
जस मध्य ५ जनाले वडा अध्यक्ष पदका लागी उम्मेद्धवारी दर्ता गराएको निर्वाचन कार्यालय जीतपुरसिमराले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट वडा नम्बर १ मा धिरज पुडाशैनीले उम्मेद्धवारी दर्ता गराएका छन् ।
अहिलेसम्म क–कसले उम्मेद्धवारी दर्ता गराए ? हेर्नुस् नामावली