जीतपुरसिमरा २ : अध्यक्षका लागी बोम्जनले गरे उम्मेदवारी दर्ता

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदका लागी नेपाली काग्रेसको तर्फबाट बिजय बोम्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको निर्वाचन कार्यालय पुगेर बोम्जनले वडा अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।
युवा पुस्तामाझ निकै नै लोकप्रिय बोम्जनले वडा अध्यक्षका लागी काग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । बोम्जनसंगै वडा सदस्य पदको लागी रामबाबु तामाङ, शान्तिदेवी मण्डल, बिमला देवी बस्नेत र रामकुमार अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।