हामी आएपछि हजार प्रतिशत कर खारेज गर्छौ : राजन पौडेल
ए वान डेस्क /
५ दलिय गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरका उम्मेदवार राजन पौडेलले एमाले नेतृत्वको जीतपुरसिमरा उपमहानगरपालिकाले बृद्धि गरेको १००० प्रतिशत कर खारेज गरिने बताउनुभएको छ । बाराको जीतपुरमा आज नेपाली काग्रेसको पार्टी कार्यामा सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार पौडेलले १००० प्रतिशत कर बृद्धि जनभावना बिपरीत रहेको बताउनुभयो ।
उद्योगी व्यवसायीको चौतर्फी बिरोधका बाबजुत उपमहानगरपालिकाले १००० प्रतिशत कर मनलाग्दी रुपमा बढाएको भन्दै उहाले निर्वाचित भए लगत्तै खारेज गरिने बताउनुभयो । छलफलमा बोल्दै पौडेलले बिबादको रुपमा रहेको सटर भाडा माफी मिनाहा गरेर नया आधारमा व्यस्थापन गरिने बताउनुभयो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिदै पौडेलले शिलन्यास गरेर अनिर्णयको बन्दि बनाईएको जीतपुर अस्पताललाई जीतपुरसिमरा श्रम अस्पताल बनाउने कार्ययोजना आफुहरुको रहेको बताउनुभयो । ‘हामीले श्रम अस्पतालको कार्ययोजना पनि बनाईसकेको छ, सधैभरी अस्पताललाई अनिर्णयको बन्दी बनाउन सक्दैनौ’ उहाले भन्नुभयो । उहाले साना तथा घरेलु व्यवसायीलाई प्राथमिक्ता दिएर घरेलु औद्योगिक ग्राम स्थापना गरिने बताउनुभयो ।
जीतपुरलाई आधुनिक वाणिज्य हबको रुपमा विकास गरिने भन्दै उहाले व्यापार हब बनाउन भुमिका खेल्ने बताउनुभयो । जीतपुरलाइ ठोरीसंग जोड्ने गरी व्यापारिक हिसाबले निजगढको रतनपुर, डमरपुर, चकरी हुदै अमलेखगञ्जसम्म जोडिने बताउनुभयो । उहाले जीतपुरसिमरामा अस्तव्यस्त रहेको बाटो व्यवस्थित गरिने भन्दै सबै बाटो लिंकेज हुने गरी काम अघि बढाईने बताउनुभयो । उहाले जीतपुरलाई नया जीतपुर बनाउने परिकल्पना प्रस्तुत गर्नुभएको थियो ।
जीतपुरस्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा आयोजित छलफल कार्यक्रममा गठबन्धनकी उप–प्रमुख मेघा शाही, नेपाली काग्रेसका नेता शोभाकरर पराजुली, वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सभापति राजेश गिरि, ह्ृदयनारायण रौनियार लगायत वडा सदस्य तथा जीतपुरसिमराका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।