टाङ्गीयाबस्तीमा साझा गठबन्धनको ‘बृहत घरदैलो’

ए वान डेस्क
२० बैशाख २०७९, मंगलवार १२:५४

५ दलिय साझा गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख र उप–प्रमुखका उम्मेदवारहरुले वडा नम्बर १६ को टाङ्गीयाबस्तीमा बृहत घरदैलो गरेका छन् । निर्वाचन मिति नजिकिदै जादा आफ्नो पक्षमा मत ल्याउन साझा गठबन्धनका उम्मेदवारहरुले टाङ्गीयाबस्तीमा बृहत घरदैलो गरेका हुन् ।

घरदैलो कार्यक्रममा साझा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार राजन पौडेल, उप–प्रमुखकी उम्मेदवार मेघा शाही लगायतको उपस्थिति रहेको थियो । वडा नम्बर १६ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार केदार बजगाई र नेपाली काग्रेसकोतर्फबाट वडा अध्यक्षका उम्मेदवार नवराज संजेलको उपस्थितिमा भएको बृहत घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसका नेताहरुले आफ्नो भनाई राखेका थिए ।

बृहत घरदैलो कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य जयराम दहालले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । संविधानसभा सदस्य शोभाकर पराजुलीले एमाले नेतृत्वको उपमहानगरपालिकाले गर्न नसकेको काम गठबन्धन सरकारले गरेर देखाउने बताउनुभयो ।

नेपाली काग्रेसका नगर सभापति छविलाल शर्माले गठबन्धनलाई कुनै पनि हालतमा विजयी गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार राजन पौडेलले भ्रष्टाचार कम गर्नपनि आफुहरुको उम्मेदवारी रहेको बताउनुभयो । उप–प्रमुखकी उम्मेदवार मेघा शाहीले गठबन्धनको जित सुनिश्चि रहेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*