उपमहानगरलाई भ्रष्टाचारमूक्त बनाउने हाम्रो पहिलो एजेण्डा हो : मेघा शाही

पृष्ठभुमी :
मेघा शाहीको जन्म २०५१ सालमा भएको हो । कक्षा ६ देखि नेविसंघको साधारण सदस्यबाट आफ्नो राजनीतिक यात्रा शुरु भएकी शाही कक्षा ९ मा ईकाई अध्यक्ष हुनुभयो । विरगञ्जको हरिखेतान बहुमुखी क्याम्पसबाट प्लस टुमा पास गर्नुभएकी शाही नेविसंघको जिल्ला कोषाध्यक्ष पनि हुनुभयो । ठाकुराम क्याम्पसको ईकाई सदस्यबाट अध्यक्ष हुनुभयो । २०७० सालको स्ववियु निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिनुभएकी शाहीले ०७३ सालमा नेविसंघको प्रदेश नम्बर २ मा केन्द्रिय सदस्य निर्वाचित हुनुभयो । त्यसबेला शाहीले सबैभन्दा धेरै मत ल्याउनुभएको थियो । श्रम तथा रोजगार मन्त्रालयमा स्वकीय सचिव भएर अनुभव बटुल्नुभएकी शाहीले नेपाली काग्रेसको सदस्य नेविसंघको राजनीतिबाट शुरु गर्नुभयो । उहाले ३ पटक नेपाली काग्रेसको क्षेत्रीय प्रतिनिधि भईसक्नुभएको छ । नेपाली काग्रेस वडा नम्बर २१ को वडा सचिवमा निर्वाचित हुनुभएकी शाही आफ्नो वडामा सक्रियताका साथ लाग्नुभयो । क्रमशः दोस्रो जनआन्दोलनमा नेविसंघको तर्फबाट संक्रियता देखाउनुभएकी शाह बिद्यार्थी राजनीतिमा सक्रिय हुन थाल्नुभयो । नेविसंघको केन्द्रिय अध्यक्षको प्रमुख पदको दाबेदार छाडेर शाही अहिले काग्रेसको तर्फबाट उप–मेयरकी उम्मेदवार बन्नुभएको छ ।
बिद्यार्थी राजनीतिबाट पालिकाको राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
अहिले मेरो उमेर सानो छ । भर्खरै अध्यन सकिएको छ । उमेरले समाजमा गर्न सक्ने काम गर्ने हो । समय मेरो अब आउदैछ । काम गर्ने समय बल्ल शुरु भएको जास्तो लाग्छ मलाई । सामाजिक योगदान अब शुरु गर्नेछु । बिद्यार्थी राजनीतिमा म सक्रिय भए, अब समाजमा योगदान गर्ने बेला आएको छ । अब समाज निर्माणका लागि योगदान गर्ने छु ।
धेरैले उप–प्रमुख पदमा आकांक्षा राखेका थिए, तपाई भन्दा अग्रज पनि धेरै थिए तर तपाईले टिकट कसरी पाउनुभयो ?
प्रतिस्पर्धी धेरै थिए । तर सानो उमेरको म थिए । यसमा नेतृत्व तहले पनि मुल्यांकन गरेको थियो । पक्षमा आउदा खुशी र नआउदा दुखी हुनु स्वभाविक हो । अहिले देशभर युवाको माग छ । खासगरी नेपाली काग्रेसमा त झन युवाको आवश्यक्ता छ भन्ने आवाज उठ्दै आएको छ । युवा जमातले पनि केन्द्रिय नेतृत्व गरेको हामीले देख्न सक्छौ यो भनेको युवा पुस्ताको डिमान्ड हो । त्यस कारणले पनि नेतृत्वले मलाई नै छानेको होला भन्ने लागेको छ । त्यस माथि म एउटा महिला हु । नेपाली काग्रेसले आफ्नो उम्मेदवार छान्दै गर्दापनि महिलालाई प्राथमिक्ता दिएको हो । अझ भनौ एउटा युवा, अनुभवी भएको हिसाबले पनि मलाई नै राजेको जस्तो लाग्छ ।
तपाईका मुख्य एजेण्डा के–के छन् ?
मेरो धेरै ठुलो सपना छैन् । मैले धेरै ठुलो सपना पनि कसैलाई बाडेको छैन् । अहिले हामी देख्न सक्छौ जीतपुरसिमरा उपमहानगरपालिका भ्रष्टचारमा एक नम्बरमा छ । सुशासनमा कमजोर छ भन्ने तपाई हामी सबैलाई थाहा छ । त्यसकारण पनि हाम्रो पहिलो एजेण्डा भनेको जीतपुरसिमरामा लागेको दाग मेटाउनु नै हो । भ्रष्टाचार निर्मुल पारी सुशासन कायम गर्नु नै हो । त्यसमाथि न्यायिक समितिको काम पारदर्शी रुपमा गर्नेछु । विकास निर्माणको सवालमा अनुगमन देखि धेरै काम उप मेयरको हुन्छ । उप प्रमुको काम कर्तब्य र जिम्मेवारी धेरै छ । उप मेयरको काम कर्तव्य निष्ठा पुर्वक गर्नेछु । त्यसको विषयमा मैले राम्ररी अध्ययन गरिसकेको छु, आफ्नो पदीय मर्यादा अनुसार जनताको पक्षमा काम गर्नेछु ।
तपाई आउदै गर्दा उमहानगरको स्वरुप परिवर्तन हुन्छ त ?
अवश्य हुन्छ । म व्यक्तिगत रुपमा पनि अनुभवी छु । उपमहानगरको विकास र समृद्धीको निम्ति पनि आवश्यक देख्छु । हामी सबैको आवाज बन्नेछौ । यो सबै परिवर्तन गर्न टिमको आवश्यक छ र सबै मिलेर गर्नुपर्ने हुन्छ र त्यो गर्नुपनि पर्छ ।
तपाईको मुख्य प्रतिस्पर्धी भोला अधिकारीलाई कसरी हेर्नुहुन्छ ?
मैले कसैसंग प्रतिस्पर्धा गरेको छैन् । कसैलाई प्रतिस्पर्धी ठानेको छैन् । म किन हुनुपर्छ भने मैले प्रष्ट पारिसके । मैले मेरा योजना लागु गर्ने हो, मैले नेतृत्व गर्न सक्छु भन्ने लाग्छ । मैले आफैले बिश्वास गरेको छु ।
तपाई विजय हुनेमा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
बिश्वस्त छु । युवाहरुको उर्जा, उत्साहका कारण म आफै उत्साहित छु । सबैको साथ र सहयोग मैले आशिर्वादको रुपमा लिएको छु । मेरो जित सुनिश्चि छ भने लाग्छ । सधै सत्यको जित हुन्छ । मलाई कुनै लोभलालच छैन् । अरु भन्दा म गर्न सक्छु ।
त्यसो भए तपाई अरु भन्दा के मा फरक ?
अरु भन्दा म फरक छु । म राजनीति नै गर्छु । यो उपमहानगरपालिकाको समृद्धी र विकासको निम्ति म निरन्त लागिरहन्छु । युवा, शिक्षित, अनुभवी भएको हिसाबले पनि । प्रतिस्पर्धी अग्रजहरु पनि हुनुहुन्छ, तर उहा“हरु भन्दा म सक्षम छु । मेयरमा राजन पौडेल र उपमेयरमा मलाई मतदान गरिदिनुहुनेछ भन्ने मलाई विश्वास छ । जीतपुर सिमराका आम नागरिकको चाहनालाई हामी सम्बोधन गर्न सक्षम छौ“ । हामीमा इमान्दारीपूर्वक जनताको पक्षमा काम गर्ने इच्छाशक्ति छ । यो देशमा युवा पुस्ताले राजनीतिमा स्थान बनाउ“दै जानु पर्दछ । अग्रजस“ग भएको अनुभव र हामीस“ग रहेको जोस जा“गरलाई सन्तुलन मिलाएर जीतपुर सिमराको समुचित विकास गर्न सकिन्छ । हामी भिजनमा फरक छौ“ । कार्यान्वयनमा पनि अरु भन्दा फरक छौ“ ।