उप–प्रमुखकी उम्मेदवार शाहीले गरिन् मतदान

ए वान डेस्क
३० बैशाख २०७९, शुक्रबार ०९:०९

ए वान डेस्क /

५ दलिय साझा गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाका उप–प्रमुखकी उम्मेदवार मेघा शाहीले मतदान गर्नुभएको छ । वडा नम्बर २१ स्थित अमलेखगञ्ज बिद्यालयमा रहेको मतदान केन्द्रबाट उप–प्रमुखकी उम्मेदवार शाहीले मतदान गर्नुभएको हो ।

साझा गठबन्धनकै तर्फबाट मेयरका उम्मेदवार राजन पौडेलले यसअघि नै बजनी बिद्यालयमा रहेको मतदान केन्द्रबाट पहिलो मतदान गर्नुभएको हो ।

८९ वटा मतदान केन्द्र रहेको जीतपुरसिमरा उपमहानगरपालिकामा सत्तरी हजार ६४ मतदाता छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*