जीतपुरसिमरा अपडेट : वडा २४ मा काग्रेस अघिअघि, लोसपा पछिपछि

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा नेपाली काग्रेस जित नजिक पुगेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा भईरहेको मतगणनाको मतपरिणाम अनुसार नेपाली काग्रेस जित नजिक पुगेको हो ।
मतपरिणाम अनुसार वडा नम्बर २४ मा नेपाली काग्रेसले ६०५ मत ल्याएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ५६६ मत ल्याएको छ । तेस्रोमा रहेको नेकपा एमालेले भने २७७ मत ल्याएको छ ।