जीतपुरसिमरा : काग्रेसले खोल्यो खाता, २४ मा अंसारी निर्वाचित

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली काग्रेसले खाता खोलेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार वडा नम्बर २४ मा नेपाली काग्रेस विजयी भएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार कलामुदिन मिया अंसारीलाई पराजित गर्दै नेपाली काग्रेसका उम्मेदवार सुल्तान अंसारी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । वडा नम्बर २४ मा वडा अध्यक्ष पदका लागी त्रिपक्षीय भिडन्त भएको थियो ।
वडा अध्यक्षसंगै नेपाली काग्रेसको तर्फबाट ३ जना वडा सदस्यहरु पनि निर्वाचित हुनुभएको छ । वडा नम्बर २४ मा यसअघि नै नेकपा एमालेको तर्फबाट एक जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भईसक्नुभएको छ ।