भरतपुर महानगरः पछिल्लो अपडेटमा रेनु अगाडि
भरतपुर महानगरको प्रमुख पदका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ ।
पछिल्लो अपडेटअनुसार भरतपुरमा १३ सय मत गणना भएको छ ।
यसमा रेनु दाहालले ४ सय ८३ मत ल्याएकी छिन् । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनकी उम्मेदवार हुन् ।
नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ४ सय ३९ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १ सय ५४ मत ल्याएका छन् ।