जीतपुरसिमराको मतगणनास्थलमा ‘सिडिओ’ को अनुगमन

ए वान डेस्क
१ जेष्ठ २०७९, आईतवार १७:५७

ए वान डेस्क /

बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालले जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणनास्थलको अनुगमन गर्नुभएको छ । जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी कटुवालले मतगणनास्थलको अनुगमन गर्नुभएको हो ।

वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा रहेको मतगणनास्थलको अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी कटुवालले व्यवस्थित रुपमा मतगणना गर्न निर्देशन दिनुभयो । जीतपुरसिमरासहित जिल्लाका सबै स्थानीय तहमा शान्तिपुर्ण रुपमा मतगणना भईरहेको उहाले बताउनुभयो ।

१६ स्थानीय तह मध्य बारामा पचरौता नगरपालिकाको ४ वटा केन्द्रमा विवाद भएपछि मतदान रद्ध गरिएको थियो । अनुगमन टोलीमा प्रजिअ कटुवालसहित प्रमुख सेनानि भूपेन्द्र गोदार, बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, बारा जिल्लाका अनुसन्धान प्रमुख, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख युवराज तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*