ताजा अपडेट : जीतपुरसिमरा १६ को मतगणना शुरु गर्ने तयारी
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भईरहेको मतगणनाको मतपरिणाम आउने क्रम जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले ४ वटा वडाको मतगणना भईरहेको छ ।
अहिले वडा नम्बर ७, ८, १७ र १८ नम्बर वडाको मतगणना भईरहेको छ । निर्वाचन अधिृकतको कार्यालयले दिएको जानकारी अनुसार केहिबेरमा वडा नम्बर १६ को मतगणना गर्ने तयारी गरिएको छ ।
सहायक निर्वाचन अधिकृत बालाराम खड्काका अनुसार वडा नम्बर १६ को मतगणना गर्ने तयारी भईरहेको छ ।