जीतपुरसिमरा : मेयरका उम्मेदवार राजन पौडेल १६ सय मतले अघि

ए वान डेस्क
४ जेष्ठ २०७९, बुधबार ०७:४४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतगणनाको मतपरिणाम आउने क्रम जारी छ । वडा नम्बररर २ स्थित ने.रा.मा.वि सिमरा भएको मतगणनाको मतपरिणाम आईरहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म २१ वटा वडाको मतगणना भईसकेको छ ।

अहिले वडा नम्बर ११, १२ र १३ को मतगणना भईरहेको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनुभयो । यो समाचार तयार पार्दासम्म जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा साझा गठबन्धनका उम्मेदवार राजन पौडेलको अग्रता देखिएको छ । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार पौडेलले १७०७४ मत ल्याउनुभएको छ ।

यसैगरी नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार सरस्वती देवी चौधरीले १५४३६ मत ल्याउनुभयो । मेयरमा पौडेल र चौधरीबिचको मतान्तर १६३८ रहेको छ । उप–मेयरमा भने नेकपा एमाले अघि देखिएको छ ।

एमालेकोतर्फबाट भोला प्रसाद अधिकारीले १५६०६ मत ल्याउदा साझा गठबन्धनको तर्फबाट उप–प्रमुखकी उम्मेदवार मेघा शाहीले १४८८४ मत ल्याउनुभएको छ । उप मेयरमा अधिकारी र शाहीको मतान्तर ७२२ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*