जीतपुरसिमरा : ११ मा माओवादीको अग्रता, साह जित नजिक
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतगणनाको परिणाम आउने क्रम जारी छ । वडा नम्बरर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले वडा नम्बर ११, १२ र १३ को मतगणना भईरहेको छ । यो समाचार तयार पार्दासम्म वडा नम्बरर ११ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिन्दालाल साहले ८६० मत ल्याउनुभएको छ ।
यसैगरी नेकपा एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवार दिनुभएका बिनोद यादवले भने ५६३ मत ल्याउनुभयो । वडा नम्बर ११ मा साझा गठबन्धनको लागी मेयरर ७०१ र नेकपा एमालेको मेयरमा ६६७ मत ल्याउनुभयो ।
उप–मेयरमा पनि एमालेबाट भोला अधिकारीलाई ५८२ मत आउदा गठबन्धनकी मेघा शाहीलाई भने २५३ मत आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।