उप–प्रमुखमा पराजित भएपछि मेघा शाहीले भनिन : म नगरवासीसंगै हुन्छु

ए वान डेस्क
५ जेष्ठ २०७९, बिहीबार १३:१३

ए वान डेस्क /

नेपाली काग्रेसकी नेतृ मेघा शाहीले नगरको चौतर्फी विकासमा आफु सधै प्रतिवद्ध रहेको बताउनुभएको छ । साझा गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उप–प्रमुखमा पराजित भएपछि नेतृ शाहीले नगरको विकासमा कुनै कसर बाकी नराख्ने बताउनुभयो ।

समाजाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृ शाहीले नगरवासीको समस्या समाधान गर्न आफु पदमा नरहने पनि सक्रिय रहने भन्दै मतदान गर्ने मतदाता धन्यवाद दिनुभयो ।

यस्तो छ उहाले लेख्नुभएको स्टाटस :

आदरणीय जितपुरसिमरा उपमहानगरवासि आम मतदाता ज्युहरु ,आमा बुवा,दिदिबहिनी तथा दाजुभाइहरु,मलाई साथ,सहयोग र शुभेच्छा राख्ने तपाईहरु सम्पुर्णमा हृदय देखिनै आभार प्रकट गर्न चाहान्छु। जय नेपाल 🙏

निर्वाचन लोकतन्त्रको आत्मा र सुन्दर पक्ष पनि हो। यस नगरमा उपमेयर पदमा मैले नेपाली कांग्रेस पार्टीको तर्फबाट गठबन्धनको उमेदवारको रुपमा निर्वाचनमा प्रतिस्पर्धा गरे। निर्वाचनको परिणाम स्वरुप केहि झिनो मतका साथ बिजेता बन्न सकिन। हाम्रो गठबन्धनको करिब दश हजार (१०,०००)भन्दा बढी मत बदर भयको छ। यस दौरानमा मतदाताले दिनु भयको अपार माया र मत दुबै प्रति म सदैव ऋणी छु। मेरो पार्टीले दियको यो ठुलो बिश्वास र जिम्मेवारी प्रति आभार प्रकट गर्न चाहान्छु।

प्रिय नगरवासिहरु तपाईंको हरेक दुःख÷सुखमा र हाम्रो नगरको चौतर्फी बिकासमा आगामी दिनमा म झन बढी सक्रियताका साथ अगाडी बढने छु भन्ने बिश्वास दिलाउन चाहान्छु।सम्पुर्ण गठबन्धनका साथिहरुलाई पनि धन्यवाद सहित निर्वाचित मेयर ÷उपमेयर , वडा अध्यक्ष, सदस्यहरु सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना
जय नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*