जीतपुरसिमराका नवनिर्वाचित जनप्रतिनिधिलाई ब्रह्माकुमारीको सम्मान

ए वान डेस्क /
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले जीतपुरसिमरा उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नगर प्रमुख राजन पौडेल, उप–प्रमुख भोला अधिकारी लगायतको उपस्थितिमा केन्द्रले जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, वडा नं २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष भोजबहादुर खत्री, वडा नं ११ का वडा अध्यक्ष बिन्दा साह, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।
सम्ममान कार्यक्रममा नगर प्रमुख पौडेल, उप–प्रमुख अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।