यसकारण मैले उम्मेदवारी फिर्ता लिए : निरु रायमाझी (बिज्ञप्तीसहित)

प्रेस विज्ञप्ति
पत्रकार मित्रहरु,
म लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा रहेर पार्टीको विधान, नीति निर्देशनको पालना गर्दै नेपाली कांग्रेस पार्टी, विभिन्न सामाजिक संघ संस्था र संगठनहरुमा मैले पुर्याएको योगदान कांग्रेस पार्टी र मेरो जिल्ला बाराबासीहरुमा अवगत् नै छ ।
नेपाली कांग्रेसको नेतृत्वमा देश, लोकतन्त्र र संविधानको रक्षा तथा प्रतिगमनलाई परास्त गर्न मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि बनाइएको लोकतान्त्रिक वाम गठबन्धनमा देशभरमै भएको सिटबाँडफाँटको क्रममा लामो समयदेखि पार्टीभित्र क्रियाशील कयौं नेता, कार्यकर्ताहरुले आ आफ्नो क्षेत्रबाट टिकट नपाउदाँ दु:खी हुनु स्वभाविक नै हो । जसअन्तर्गत म पनि व्यक्तिगत रुपमा असन्तुष्ट भएर बारा क्षेत्र नं ४ (क) मा प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएको थिए ।
सम्माननीय प्रधानमन्त्री एवम् पार्टीका सभापती सहित वाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता र शुभेच्छुकहरुले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह, पार्टीले उचित जिम्मेवारी दिने पार्टी सभापतिको प्रतिवद्धता र पार्टीभित्र गरेको त्यागलाई मध्यनजर गर्दै बारा निर्वाचन क्षेत्र नं ४ (क) मा मैले दिएको स्वतन्त्र उम्मेदवारी यसै पत्रकार सम्मेलन मार्फत फिर्ता लिएको जानकारी गराउदँछु ।
म प्रति बाराका जनताले देखाउनुभएको स्नेह, साथ र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै बारा क्षेत्र ४ मा संघ र प्रदेशसभा सदस्य तर्फका वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदारहरुलाई जिताउन लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
जय नेपाल !
नारायाणी रायामाझी (निरु)
जितपुर सिमरा उपमहानगरपालिका
वडा नं ३, बारा
२८ असोज २०७९