मैले मतदातालाई भाडाको टट्टु भनेको हैन्, बिपक्षीले झुटो प्रचार गरे : किसान श्रेष्ठ

फाईल फोटो
ए वान डेस्क
५ कार्तिक २०७९, शनिबार १६:५०

ए वान डेस्क /

५ दलिय गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किशानले आफुले क्षेत्र नम्बर ४ का मतदातालाई अपशब्द नबोलेको स्पष्ट पार्नुभएको छ । परवानिपुर गाउपालिका वडा नम्बर २ स्थित रामपुर टोकनीमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले क्षेत्र नम्बर ४ का मतदाताप्रति आफ्नो सधै सम्मान रहेको बताउनुभयो ।

बिपक्षीहरुले मतदातालाई आफुले भाडाको टट्टु भनेको भन्दै अनावश्यक प्रचार गरेको भन्दै श्रेष्ठले मतदातालाई उल्झनमा पार्ने काम नगर्न उहाले आग्रह गर्नुभयो । आफ्नो ज्यान भन्दा प्यारो यस क्ष्ँेत्रका मतदाता भएको भन्दै उहाले गठबन्धन कुनै पनि हालतमा चुप लागेर नबस्ने बताउनुभयो ।

५ दलिय गठबन्धनले अन्याय नसहने भन्दै उहाले बिपक्षीहरुले जथाभावि प्रचार गरेको आरोप लगाउनुभयो । कार्यक्रममा बारा क्षेत्र नम्बर ४ ख का प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलले साझा गठबन्धन देखेर बिपक्षीहरु अत्तालिएको बताउनुभयो ।

साझा गठबन्धन विकासको पक्षमा रहेको भन्दै उहाले जुन सुकै हालतमा पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । निर्वाचन केन्द्रित मतदाता भेटघाट कार्यक्रममा ५ दलिय गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*