सपथ खाएको ३ महिनामै म पथलैयामा लालपुर्जा बाड्छु : किशान श्रेष्ठ

५ दलिय गठबन्धनको तर्फबाट बारा छेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले सपथ खाएको ३ महिनाभित्र पथलैयामा लालपुर्जा बितरण गरिने बताउनुभएको छ । जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर १ पथलैयामा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले पथलैयालाई लालपुर्जा ५ दलिय गठबन्धनलेनै वितरण गर्ने बताउनुभयो । छेत्र नम्बर ४ को बिकाश गर्न आफु प्रतिबद्ध रहेको बताउदै श्रेष्ठले भन्नुभयो `यति ढुक्क हुनुस, मैले जितेर सपथ खएको ३ महिनामै म लालपुर्जा वितरण गर्छु´ । आफुले सक्ने काम मात्र गर्ने भन्ने उहाले ढुक्क भएर मतदान गर्ने बताउनुभयो । सो अवसरमा बारा ४ क का प्रदेश सभा सदस्य अनिल श्रेष्ठले छेत्रको बिकाश गर्न कुनै कसर बाकी नराख्ने बताउनुभयो ।