अन्ततः माओवादी केन्द्रमै फर्किए अमलेखगञ्जका यी नेता

ए वान डेस्क
२७ कार्तिक २०७९, आईतवार १५:१९

ए वान डेस्क /

जनता समाजवादी पार्टी जसपाका चार जना नेता नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । आईतबार एक बिज्ञप्ती जारी गर्दै जसपाका चार जना नेता माओवादी केन्द्र फर्किएका हुन् ।

यसरी माओवादी केन्द्र प्रवेश गर्नेहरुमा राजेन्द्र बस्नेत, गंगा बिक, प्रेमा बल र राजकुमार भण्डारी रहेका छन् । जसमध्य बस्नेत, बिक र बल जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का पुर्व वडा सदस्य हुन् । भण्डारी भने जसपाका क्षेत्रिय सदस्य हुन् ।

उनीहरुलाई बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य उम्मेवार क्षेत्र बहादुर श्रेष्ठ अनिलले टिका लगाएर स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*