बारा ४ : एमाले कम्जोर बन्दै, एकैदिन `जम्बो टोलि´ मावोबादी प्रवेश

ए वान डेस्क
३० कार्तिक २०७९, बुधबार २०:४३

विभिन्न पार्टी परित्याग गरि बारामा सयौ नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बाराको सिमरामा आयोजित पार्टी प्रवेश कार्यक्रमका बिच एमालेका १२५ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर ५ र ७ का नेता कार्यकर्ताहरु रहेका छन । यसरी पार्टी प्रवेश गर्नेहरुमा तस्लिम मिया, भागन चौधरी, नसुलाह अन्सारी, नन्दकिशोर चौधरी, सखिना खतुन, फतमा खतुन, नुरलेसा खातुन, सायदा खातुन लगायत रहेका छन् । नवप्रवेशी उनिहरुलाई बारा ४ क का प्रदेश सभा सदस्य उम्मेदवार अनिल श्रेष्ठले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले विकास निर्माणको काममा आफू गम्भीर भएर लाग्ने बताउनुभयो । वडा नम्बर ५ का मोहित चौधरीको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रमको सन्चालन लक्ष्मीकान्त प्यारेलालले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*