बाराको दुई क्षेत्रमा मतगणना शुरु

बाराको निर्वाचन क्षेत्र नम्बर-१ र ४ को मतगणना शुरु भएको छ । दुईवटै क्षेत्रको प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतगणना शुरु भएको हो । क्षेत्र नम्बर-१ मा नेकपा एमालेका अच्युत मैनाली र नेपाली कांग्रेसका उमाकान्त चौधरीबीच कडा प्रतिस्पर्धा छ । क्षेत्र नम्बर-४ मा पाँच दलीय गठबंधनका तर्फबाट नेकपा समाजवादीका कृष्ण कुमार श्रेष्ठ(किसान ) र नेकपा एमालेका एकबाल मियाँ बीच कडा प्रतिस्पर्धा छ।