‘बारा ४ मा हामी तिनै जना एक भएर जनताको काम गर्छौ’
ए वान डेस्क /
बारा क्षेत्र नम्बर ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आज प्रमाणपत्र प्रदान गरिएको छ । मतगणनास्थल सिमरा स्कुलमा आज एक कार्यक्रमको आयोजना गरी निर्वाचन अधिकृतको कार्यालयले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरेको हो ।
प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिृकत कर्ण कुमार राईले जनताको हितमा काम गर्न आग्रह गर्नुभयो । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण कटवालले बारामा शान्तिपुर्णमा रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
सबैको साथ र सहयोगले निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको भन्दै उहाले निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै बारा क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले जनअपेक्षा अनुसार आफुले काम गर्ने बताउनुभयो । सबैलाई समेटेर आफु अघि बढ्ने भन्दै उहाले विकास निर्माणको पक्षमा आफु लाग्ने बताउनुभयो ।
बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देवनारायण चौधरीले जनताको पक्षमा उभिएर आफुहरुले काम गर्ने बताउनुभयो । बारा क्षेत्र नम्बर ४ ख का प्रदेशसभा सदस्य जितेन्द्र सोनलले जनताको मतलाई सम्मान गर्दै क्ष्ँेत्रको विकास गर्नेतर्फ आफुहरु अग्रसर हुने बताउनुभयो ।