सिमरामा पुर्व प्रधामन्त्री खनालले भने : राष्ट्रपति चयनमा राष्ट्रिय सहमती हुनुपर्छ

पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतीका आधारमा हुनुपर्ने कुरामा बताएका छन् ।
भारतमा आयोजित कम्यूनिष्ट पार्टीको ११ औ महाधिवेशनमा सहभागी हुन पटना जाने क्रममा सिमरा आईपुगेका नेता खनालले पत्रकारसँग कुराकानी गर्दै त्यस्तो कुरामा जोड दिएका हुन् ।
उनले संविधानले परिकल्पना गरेको जसरी नेतृत्व गर्नसक्ने, संविधानको परिपालना गर्नसक्ने, संविधानको रक्षा गर्नसक्ने, मुलुकलाई अभिभाकत्व दिनसक्ने व्यक्रीलाई नै राष्ट्रिपतिमा चयन गनुपर्ने बताएका छन् । ‘राष्ट्रिय एकतालाई प्रवद्धन गर्नसक्ने, राष्ट्रिय सेनाको परामाधिपतिको रुपमा भूमिका निर्वाह गर्नसक्ने त्यस्तो व्यक्तित्व नेपाली जनताले राष्ट्रपतिको रुपमा पाओस् भन्ने हाम्रो शुभकामना छ’ पूर्व प्रधानमन्त्री तथा नेकपा एसका वरिष्ठ नेता खनालले भने ‘हामीसँग त्यो शक्ती छैन् हामी १० सिटमा मात्रै छौ, त्यसैले यस्मा ठुला दलहरुले बुद्धि पूर्याउनुपर्छ, सकेसम्म राष्ट्रिय सहमती बनाएर जानुपर्छ भन्ने हाम्रो निर्णय हो, अव यहि हप्ताभित्र निर्णय हनेवाला नै छ’
नेता खनालले वर्तमान गठबन्धनको सरकारलाई खिचडीको संज्ञा दिदै देश राजनीतिक संकटको भूमरीमा धकेलिएको कुरा समेत औल्याएका छन् । वरिष्ठ नेता खनालले सरकारमा बामपन्थी पार्टीहरुको बहुमत भएपनि समझदारीका साथ एकले अर्कालाई सम्मान गर्ने प्रवृति नभएको टिप्पणी गरेका छन् ।