चौथो बकुलिया गोल्डकप आजदेखी शुरु, गोलबजारको बिजयी शुरुवात

ए वान डेस्क
२३ बैशाख २०८०, शनिबार २०:२५

जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर ५ मा आजदेखि चौथो बकुलिया गोल्डकप २०८० शुरु भएको छ । जन कल्याणकारी क्लबको आयोजनामा आजदेखि बकुलिया खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बिच बारा ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले खेल र खेलाडीको बिकास गर्न आफू प्रतिव्द रहेक बताउनुभयो । उहाले प्रतियोगिताको लागि आफुले सकेको सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जितपुरसिमरा उपमाहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारिले खेल क्षेत्रको बिकास गर्न उपमाहानगर प्रतिव्द रहेको बताउनुभयो । सो क्रममा उहाले प्रतियोगिता सफल्ताको शुभकामना दिनुभयो । कार्यक्रममा जितपुरसिमरा ३ का वडा अध्यक्ष ताराबाहादुर कार्की, १६ का अध्यक्ष हरिदेव खरेल, महिला नेतृ मेघा शाही, काङ्ग्रेस नेता छविलाल शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतियोगिता समितीका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सन्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो । जन कल्याणकारी क्लबको आयोजनामा आजदेखी शुरु भएको प्रतियोगिता बैशाख ३० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजार रुपैया पाउने वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

गोलबजार बिजयी
प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा गोलबजार सिराहा बिजयी भएको छ । चपुर रौतहटलाई २-० गोल अन्तरले पराजित गर्दै गोलबजारले बिजयी शुरुवा गरेको हो । प्रतियोगिता अन्तर्गत भोलि बिरगंज युथ एकेडेमी र शसस्त्र प्रहरिको एपीएफ वर्दिवासबिच खेल हुनेछ । दुई टिमबिचको खेल दिउँसो ३ बजेदेखी शुरु हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*