मेयर बालेन साहले भने : जीतपुरसिमरासंग सहकार्य गर्न तयार छौ, पौडेलले दिए निम्तो

ए वान डेस्क
२७ बैशाख २०८०, बुधबार ०८:४६

ए वान डेस्क /

काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख बालेन साहले जीतपुरसिमरा उपमहानगरपालिकासंग सहकार्य गर्न आफु तयार रहेको बताउनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलसंगको भेटमा मेयर साहले यस्तो बताउनुभएको हो ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा दुवै पालिकाका प्रमुखबीच भेटवार्ता भएको थियो । भेटमा दुबै पालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्दै एकाअर्कासंग सहकार्य र साझेदारी गरेर अघि बढने बिषयमा छलफल भएको छ ।

नगर प्रमुख पौडेल र साहबीच भएको भेटवार्तामा कृषि, पर्यटनलगायतको क्षेत्रमा सहकार्य गरेर काम गर्ने बिषयमा छलफल भएको बताइएको छ । भेटमा दुबै पालिकाका प्रमुख जेठ महिनाभित्र भगिनी सम्बन्ध सम्झौतापत्रमा हस्ताक्षर गर्न सकारात्मक देखिनुभएको हो । भेटका क्रममा जीतपुरसिमराका प्रमुख पौडेलले महानगर प्रमुख साहलाई भ्रमणको निम्तो समेत दिनुभएको छ ।

प्रमुख साहसंगको भेटवार्तामा जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, वडा नं. ८ का अध्यक्ष शिवशंकर कुशवाहा, इन्जिनियर संजीव रुपाखेतीलगायत सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*