असार १५ पछि जीतपुरसिमराले भुक्तानी नगर्ने

ए वान डेस्क
६ असार २०८०, बुधबार १९:१४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० को भुक्तानी असार १५ गतेपछि बन्द गर्ने भएको छ । आज एउटा सुचना जारी गर्दै उपमहानगरपालिकाले असार १५ पछि चालु आर्थिक बर्षको भुक्तानी नगर्ने बताएको हो ।

सुचनामा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले असार १५ गतेभित्र भुक्तानीको लागी फाईल पेश गर्न आग्रह गर्नुभयो । सुचनामा रकम भुक्तानीको लागी असार १५ गतेभित्र आर्थिक प्रशासन शाखामा पेश गर्न भनिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तिय उदरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम १ अनुसार आर्थिक बर्ष सम्पन्न हुनु भन्दा कम्तिमा ७ दिन अघिनै भुक्तानी निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ । प्रमुख प्रशासकीय अधिकृत पुरीले असार १५ पछि भुक्तानी नगरिने बताउनुभयो ।

असार १५ भित्र आर्थिक प्रशासन शाखामा पेश भएका फाईलको मात्र भुक्तानी गरिने भन्दै उहाले १५ पछि आएका फाईलहरुको भुक्तानी हुन नसके नगरपालिका जिम्मेवार नहुने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*