कलैयामा भदौ २३ देखि ‘प्रथम कलैया भेट्रान कप’ हुने
ए वान डेस्क /
बाराको सदरमुकाम कलैयामा प्रथम कलैया भेट्रान गोल्डकप २०८० हुने भएको छ । सहयोगी फुटबल क्लबको आयोजनामा कलैयामा प्रथम कलैया भेट्रान गोल्डकप २०८० हुन लागेको हो ।
कलैयाको सिद्धेश्वर बिद्यालयमा भदौ २३ गतेदेखि शुरु हुने प्रतियोगिता भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेताले नगद ५१ ह्जार र उप बिजेताले नगद २५ हजार रुपैया पाउने आयोजक क्लबका अध्यक्ष बिनोद कुमार गुप्ताले जानकारी दिनुभयो ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताबारे थप जानकारी दिन आयोजक क्लबले केहिदिनपछि पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी समेत गरेको छ ।
















