निजगढ ९ को वाक्यश्वर मन्दिरमा शिवरात्री दोहोरी साँझ हुने

ए वान डेस्क
२४ फाल्गुन २०८०, बिहीबार २२:१२

बाराको निजगढ–९ ठाडोलाईनस्थित वाक्यश्वर महादेव मन्दिर परिषरमा महाशिवरात्रीको अवसरमा दोहोरी साँझ कार्यक्रम आयोजना गरिने भएको छ ।

फास्ट ट्रयाक मिडिया प्रा.लि. को आयोजनामा हुन लागेको दोहोरी साँझमा लोक दोहोरी समुह निजगढका कलाकारहरुले दोहोरी प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ९ को कार्यालयको सहयोग तथा वाक्यश्वर मन्दिर समितिको व्यवस्थापनमा कार्यक्रम हुन लागेको आयोजक समितिका अध्यक्ष महेश्वर अधिकारीले जानकारी दिए ।

महाशिवरात्रीको अवसरमा वाक्यश्वर महादेव मन्दिर परिषरमा साँझ ६ बजे शिवध्वनी बालेपछि दोहोरी कार्यक्रम सुरु हुने मन्दिर समितिका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । शिवरात्रीको अवसरमा लाख बत्ती बाल्ने र प्रसाद वितरण कार्यक्रम समेत आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*