महाशिवरात्रीको अवसरमा जीतपुरसिमरा १४ मा भोलि मेला लाग्ने, सम्पुर्ण तयारी पुरा

ए वान डेस्क
२४ फाल्गुन २०८०, बिहीबार २२:२९

ए वान डेस्क /

महाशिवरात्री पर्वको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा भोलि मेला लाग्ने भएको छ । वडा नम्बर १४ स्थित शिव मन्दिरमा लाग्ने मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।

रामजानकी मठ व्यवस्थापन समितिको आयोजना र स्थानीयबासीको सहभागितामा हुन लागेको मेलाको तयारी पुरा भएको युवा समाजसेवी प्रताप रिजालले बताउनुभयो । महाशिवरात्रीको अवसरमा वडा नम्बर १४ को शिव मन्दिरमा प्रत्यक बर्ष मेला लाग्दै आएको छ ।

युवा समाजसेवी रिजालका अनुसार यसबर्षको मेलालाई विशेष बनाउन मन्दिर समिति, वडा कार्यालय, स्थानीय उत्साहित भएर लागेका छन् । मेलाका लागि मन्दिर वरपरको क्षेत्रमा भगवान शिवको चित्र अंकित झण्डा राखिएको छ भने मन्दिर क्षेत्रमा सरसफाई गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*