मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

ए वान डेस्क
४ बैशाख २०८१, मंगलवार २२:०६

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवले सदनमा पेस गरेको विश्वासको मत प्रस्तावमा प्रदेशसभाका ६१ जना सदस्यले पक्षमा मतदान गरेका छन् ।

सदनमा विपक्षीदलले सदनमा वहिस्कार गरेका कारण विपक्षमा भने शून्य मत परेको छ । मतदानमा प्रदेशसभाका ६१ जना प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए ।

मुख्यमन्त्री यादवको पक्षमा बहुमत अर्थात् ५३ भन्दा बढी मत प्राप्त भएकाले सदनको विश्वास मुख्यमन्त्री माथि रहेको घोषणा सभामुख रामचन्द्र मण्डलले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*