युवा संघको विवाद : नेपाल पक्षले तोक्यो नेतृत्व, खनाल पक्षले जनाए असहमती

ए वान डेस्क
२६ जेष्ठ २०८१, शनिबार १९:५७

नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपाल भित्रको विवाद उत्कर्षमा पुगेको छ । नेकपा एकिकृत समाजवादीको दशौ राष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा युवा संघभित्र संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेल समूहबिचको विवाद उत्कर्षमा पुगेको हो ।

नेकपा (एस) को महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौमा हुदैछ । असन्तुष्ट नेपाल समूहले आज राष्ट्रिय भेला गरी नेतृत्व तोकेको छ । जसमा संयोजक नितेश पौडेल र सहसंयोजक फुर्बा लामा छन् । नेपाल पक्षले भेला बोलाएपछि संयोजक विकले विज्ञप्ति निकालेर युवा संघले कुनै भेला नबोलाएको जानकारी दिएका छन् ।

युवा संघका मधेश प्रदेश कमिटि सचिव गणेश रिजालले युवा संघ सिथिल रहेको र पुर्व नेतृत्व कमजोर रहेको अवस्थामा बनेको कमिटिले पार्टी महाधिवेशन तथा युवा संघ आन्दोलन सफल बनाउने बताउनुभयो ।

बिज्ञप्तीमा भनिएको छ ‘पार्टीको महाधिवेशन नजिकिँदै गर्दा यस्ता गुटगत भेलाले पार्टी आन्दोलन र सङ्गठनलाई कमजोर बनाउछ । यस प्रकारका गतिविधिले महाधिवेशन प्रभावित पार्ने र नेता कार्यकर्ताबिच असहिष्णुता पैदा गर्दछ । नेता कार्यकर्तालाई पार्टीविरुद्ध भइरहेको षड्यन्त्रबाट सचेत हुदै आसन्न महाधिवेशन सफल बनाउन जिम्मेवारीपूर्वक लाग्न निर्देशन गर्दछु,’ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*