दोस्रो माडि महोत्सव २०८१ आज लोक गायक श्याम राना मगर आउदै

ए वान डेस्क
२३ फाल्गुन २०८१, शुक्रबार ०९:२९

ए वान डेस्क /

चितवनको माडिमा जारी दोस्रो माडि महोत्सव २०८१ मा आज चर्चित लोक दोहोरी गायक श्याम राना मगर आउने भएका छने । माडि कला केन्द्रको आयोजनामा जारी महोत्सवको दोस्रो दिन आफ्नो प्रस्तुती देखाउन गायक मगर माडि आउने भएका हुन् ।

गायक मगरको साथमा लोक गायक गायिकाको साथमा लाईभ दोहोरी, डान्सरहरुको प्रस्तुती र स्थानीय कलाकारको समेत बिशेष प्रस्तुती रहने महोत्सव व्यवस्थापक द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लिका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो । महोत्सवको हिजो एक कार्यक्रमकाबिच नेपालका चर्चित नायक भुवन केसीले उद्घाटन गर्नुभएको थियो ।

बसन्तपुर बजारमा सञ्चालित महोत्सव चैत्र ४ गतेसम्म चल्नेछ । महोत्सवमा १०० वटा व्यवसायिक स्टल रहेका छन् । महोत्सवमा मनोरञ्जनात्मक बाल उद्यान, मुखै रसाउने खानाका बिभिन्न परिकारका स्टल, व्यवसायिक स्टल, कृषि प्रर्दशनीका साथै कलाकारहरुको प्रस्तुती रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*