नागरिक उन्मुक्ति र जनमत पार्टीबीच वैशाख १७ गते एकता घोषणाको तयारी

ए वान डेस्क
११ बैशाख २०८२, बिहीबार १३:२९

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकताको घोषणा हुने भएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी गराएको छ ।

एकता हुने दाबी गर्दै सचिवालयले भनेको छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’

यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*