सरकारको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाव दिने माओवादीको निर्णय

ए वान डेस्क
११ बैशाख २०८२, बिहीबार १३:३९

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाव दिने निर्णय गरेको छ । केन्द्रको आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई दबाव दिने निर्णय गरेको हो ।

साथै गएको चैत २० गतेदेखि काठमाण्डौमा आन्दोलन गरिरहेका शिक्षकहरूका माग सम्बोधनका लागि पहल गर्न आवश्यक सहकार्य गर्ने, सङ्घीयता कार्यान्वयनमा पहलकदमी लिनेलगायतका निर्णय गरेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकहरू संसद्बबाट पारित गराउन सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*