शनिबार बिहान शिक्षक र सरकारबीच निर्णायक वार्ता

सरकार र आन्दोलनरत शिक्षकबीच भोलि शनिबार बिहान ७:३० बजे वार्ता हुने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग भोलि बिहान वार्ता गर्न लागिएको जनाएका हुन् ।
पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेको उल्लेख छ ।