बारा ४ : रास्वपामा भित्रिए `हेभिवेट नेता’, एकैदिन ५० जना रास्वपामा प्रवेश

ए वान डेस्क
२६ माघ २०८२, आईतवार २०:५०

ए वान डेस्क /

बारा क्षेत्र नम्बर ४ मा आज एकैदिन ५० जना राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । निर्वाचनको मिति नजिकिदै जादा बिभिन्न पार्टी परित्याग गरी स्थानीय स्तरमा चर्चित केहि नेताहरु सहित ५० जना रास्वपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टी प्रवेश गराएका थिए । यसरी पार्टी प्रवेश गर्नेहरुमा केहि स्थानीय हेभिवेट नेताहरुपनि छन् । पार्टी प्रवेश गर्नेहरुमा सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पुर्व अध्यक्ष काशिम हुसेन, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका केन्द्रिय सदस्य एवं जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका पुर्व महासचिव शिवजी साह, लोसपाका प्रदेश कमिटि सदस्य राजुराज गिरि, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कमिटि सदस्य तथा युवा संघ नेपालका जिल्ला अध्यक्ष आर के भट्राई, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कमिटि सदस्य तथा युवा संघ नेपालका मधेश प्रदेश अध्यक्ष गणेश रिजाल, लोसपाका नेता रामबाबु साह, अखिल नेपाल पिछडिया बर्ग महासंघका केन्द्रिय उप महासचिव धनराज गुरुङ, जसपाका नेता संतोष यादव, बारा जिल्ला घेदुङ संघका नेता राजकुमार डिमडुङ, विवेक साह, लौसाद आलम, राजेन्द्र रुम्बा लगायत रहेको रास्वपा क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति युवराज न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार जीतपुरसिमरा, परवानिपुर, बिश्रामपुर लगायतका स्थानबाट पछिल्लो समय रास्वपामा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । चुनावि सरगर्मी बढ्दै जादा रास्वपाप्रति युवादेखि बिभिन्न क्षेत्रमा जोडिएको व्यक्तिहरु प्रवेश गर्ने क्रम बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*