बारा–३ मा उज्यालो नेपाल पार्टीका तिर्थबहादुर गुरुङको स्थिति मजबुत बन्दै
बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तिर्थबहादुर गुरुङको चुनावी माहौल दिनप्रतिदिन मजदुत बन्दै गएको छ। उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका गुरुङले घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाबाट उत्साहजनक स्वागत र समर्थन प्राप्त भइरहेको उनका समर्थकहरू बताउँछन्। विभिन्न टोल–बस्तीमा पुगेका गुरुङलाई मतदाताले फूलमाला, शुभकामना र जितको अग्रिम बधाइसमेत दिने गरेका छन्।
उम्मेदवार गुरुङले जनताको साथ र विश्वास आफूले महसुस गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा विजयी हुने दाबी गरेका छन्। “जनताको साथ मेरो शक्ति हो, बारा–३ मा परिवर्तन र विकासका लागि म प्रतिबद्ध छु,” उनले घरदैलोका क्रममा बताएका छन्।
स्थानीयस्तरमा देखिएको बढ्दो जनसमर्थनका कारण बारा–३ मा गुरुङको स्थिति थप मजबुत बन्दै गएको विश्लेषण गरिएको छ। निर्वाचन नजिकिँदै जाँदा उनको चुनावी अभियान अझ सक्रिय र प्रभावकारी बन्दै जाने उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्य अर्जुन शर्मा अधिकारीले बताउनुभयो ।















