वडा अध्यक्षको अभद्र व्यवहारपछि जीतपुरसिमरा नगर अस्पतालको सेवा ठप्प

ए वान डेस्क
१३ फाल्गुन २०८२, बुधबार १३:१६

जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित नगर अस्पतालका चिकित्सक र जनप्रतिनिधिबीचको विवादका कारण अस्पतालको सम्पूर्ण सेवा ठप्प भएको छ । वडा नं ६ का वडा अध्यक्ष कैमुदिन अन्सारीले ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गरेको भन्दै अस्पताल प्रशासनले सेवा बन्द गरेको हो ।

अस्पताल प्रशासनका अनुसार चिकित्सकले बिरामीको उपचार र परामर्श गरिरहेकै समयमा बिरामीमा ‘सिजर’ (छारे रोग जस्तो समस्या) देखिएको थियो । सोही विषयलाई लिएर वडा अध्यक्ष अन्सारीले उत्तेजित हुँदै गालीगलौज र धम्की दिएको चिकित्सकको आरोप छ

घटनाको विरोध गर्दै अस्पतालका सम्पूर्ण कर्मचारीहरूले सामूहिक हस्ताक्षरसहित नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नगर प्रमुख राजन पौडेलले घटनाप्रति चासो देखाउँदै यथासक्य चाँडो सेवा सुचारु गर्न पहल भइरहेको जानकारी दिएका छन् ।

यता वडाध्यक्ष अंसारीले भने आफूले चिकित्सकमाथि दुव्र्यवहार नगरेको बताएका छन् । उक्त रक्तचापको बिरामी ओछ्यानमा छट्पटाई रहदाँ समेत चिकित्सकले वास्ता नगरेपछि आफूले असन्तुष्टी जनाएको बताए

‘बिरामी ओछ्यानमा छट्पटाईरहेको छ । स्वास्थ्यकर्मीले लापरवाही गरिरहेका छन् । त्यो दृश्यक कसले हेरेर बस्न सक्छ?’ अंसारीले भने ‘मैले जनप्रतिनिधि मात्र नभई आम नागरिकको हैसियतले सम्झाउन खोज्दा उल्टै अनेक कुरा गर्न थालियो ।’

अंसारीले आफूले बिरामीको उपचारमा लापरवाही नगर्न आग्रह गर्दा कसरी दुव्र्यवहार भएको भन्द्र प्रतिपश्न गरेका छन् । उनले अस्पतालको सिसिटीभी क्यामराको फुटेज हेर्न र को दोषी भएको पत्ता लगाउन चुनौती दिएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*