वीरगन्जमा कांग्रेस सभापति गगन थापा आउने

ए वान डेस्क
१४ फाल्गुन २०८२, बिहीबार १३:५१

नेपाली कांग्रेसका सभापति गगन थापा फागुन १६ गते वीरगन्ज आउने भएका छन् । फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस पर्साले वीरगन्जमा फागुन १६ गते शनिबार आमसभा आयोजना गर्न लागेको हो । आमसभालाई सम्बोधन गर्न कांग्रेस सभापति थापा वीरगन्ज आउन लागेका हुन् ।

फागुन १६ गते वीरगन्जको घण्टाघर छेउको बीपी उद्यानमा कांग्रेसले आमसभा गर्न लागेको कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले जानकारी दिएका छन् । । उक्त आमसभामा कांग्रेस सभापति थापासंगै अन्य शीर्ष नेताहरुलेपनि सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

फागुन १६ को आमसभामा पर्साका चार वटै निर्वाचन क्षेत्रबाट कांग्रेस नेताकार्यकर्ता र समर्थकहरुले वीरगन्जमा कांग्रेसको शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*