सिमरा पब्लिकले उचाल्यो तेश्रो बिभुती अन्तरबिद्यालय महिला फुटबल प्रतियोगिताको उपाधी

ए वान डेस्क
१५ फाल्गुन २०८२, शुक्रबार २१:१४

तेश्रो बिभुती अन्तरबिद्यालय महिला फुटबल प्रतियोगिता २०८२ को उपाधी सिमरा पब्लिक ईङलिस बोर्डिङ स्कुलले उचालेको छ । एन प्याब्सन सिमरा डुमरवाना हबको आयोजनामा जारी प्रतियोगितामा होलि गार्डेन पथलैयालाई पराजित गर्दै सिमरा पब्लिकले उपाधी उचालेको हो ।

आज भएको फाईनल खेलमा निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि खेल टाईब्रकेरमा धकेलिएको थियो । टाईब्रकेरमा सिमरा पब्लिकले होलि गार्डेनलाई पराजित गरेको थियो ।

प्रतियोगिताको बिजेता र उप बिजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसाद र मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरीले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाले सहजिकरण गरेको प्रतियोगितामा एन प्याब्सन अन्र्तगतका १० वटा बिद्यालयको सहभागिता रहेको थियो ।

राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिमरा डुमरवाना हबका संयोजक बसन्त ढकाल, पाथिभरा बोर्डिङका प्रिन्सिपल लक्की रिमाल, अक्षरा पाठशालाका नरेन्द्र तामाङ, राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाका सञ्चालक श्याम प्रसाद भट्राई, प्रिन्सिपल सागर ठाडा मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाका किशोर श्रेष्ठले गर्नुभएको थियो ।

प्रतियोतिगा फागुन ११ गतेदेखि शुरु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*