बाराका अनिल साहले बनाए अर्धशतक

ए वान डेस्क
२२ बैशाख २०८१, शनिबार २०:२७

वेष्टइण्डिज ए विरुद्धको टी–२० सिरिजमा बाराका अनिलकुमार साहले अर्धशतक पूरा गरेका छन् ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको पाचौं तथा अन्तिम खेलमा अनिलले ४१ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

वेष्टइण्डिजले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेख पनि अर्धशतक पूरा गर्दै ५१ रनमा आउट भएका थिए ।

नेपालका कुशल भुर्तेलले १३ रन जोडे भने कुशल मल्ल १० रनमा अविजित छन् । नेपालले १५ ओभरको समाप्तिमा २ विकेट गुमाएर १३७ रन बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*