होटल तथा पर्यटन व्यवसायी संघको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

ए वान डेस्क
१५ मंसिर २०८२, आईतवार १३:४०

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा सिमराका शम्भु खड्गी चयन भएका छन् । अमलेखगञ्जमा शनिबार सम्पन्न संघको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट खड्गी अध्यक्षमा चयन भएका हुन् ।

खड्गी सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीका सञ्चालक हुन् ।
अधिवेशनले खड्गीको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रलाद उप्रेती, उपाध्यक्षमा गोविन्द् गहतराज, महासचिवमा लक्ष्मण अधिकारी, सचिवमा रुपेश न्यौपाने, सहसचिवमा अजय जर्गा र कोषाध्यक्षमा कल्याणी गौतम रहेका छन् ।

यसैगरी सदस्यहरुमा श्यामबाबु साह, मिरा अधिकारी, ज्योति लामा, रविन्द्र कुमार उपाध्याय, सुवास तिमिल्सिना, भरतबहादुर खड्का, जयप्रकाश साह, दीपक गौतम, ब्रम्हा सापकोटा, राजकुमार लामा, कल्पना मानन्धर, सन्दीप गुरुङ्ग र सुशील केसी चयन भएका छन् ।

नवनिर्वाचित कमिटीले बाराको भूगोललाई समेट्दै थप ३ जना सदस्य मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष खड्गीले जानकारी दिएका छन् ।

संघका निवर्तमान अध्यक्ष अर्जुन लम्सालको अध्यक्षता तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । अ
धिवेशनमा ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र कंडेल, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। २१ का वडाध्यक्ष सुवास श्रेष्ठ, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, होटल तथा पर्यटन सहकारी संस्थाका अध्यक्ष प्रल्हाद क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

अधिवेशन समारोहमा संघले युवा व्यवसायी राजकुमार लामा, सञ्चारकर्मी रञ्जन यादव लगायतलाई सम्मान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*