पर्सा : सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसर

ए वान डेस्क
२२ पुष २०८२, मंगलवार १३:००

 

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयलाई सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको छ । नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पछिल्लो समय पर्सामा देखिएको समस्यालाई दुवै समुदाय मिलेर टुङ्गाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले हिन्दू पुरोहित र मुस्लिम धर्मगुरु मौलानाको अग्रसरतामा सामाजिक सद्भाव कायम गरेर यसको दीर्घकालीन समस्याको समाधान गर्नुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले पनि हाल यहाँ देखिएको समस्या मौलिक नभएर अन्य कुनै ठाउँको सिको गर्ने प्रवृत्तिले समस्या उब्जाउने गरेको गुनासो गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)का युवा नेता तबरेज अहमदले विदेशी मुलुकमा भएको कुनै घटनामा आधारित भएर वीरगञ्जमा विरोध प्रदर्शन लगायतका गतिविधि गर्न नहुने धारणा व्यक्त गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै निकायसँग समन्वय र सहकार्य गरेर सामाजिक सद्भाव कायम गर्नेतर्फ अग्रसरता लिँदै आइरहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*